नबिन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनोट



काठमाडौँ।
नबिन सुब्बाले निर्देशन गरेको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा छनोट भएको छ। आगामी सेप्टेम्बर ७ देखि १७ सम्म सञ्चालन हुने सो फेस्टिभलमा यसको वर्ल्ड प्रिमियर हुने बताइएको छ।

राई समुदायको सामाजिक कथामा बनेको यो चलचित्रमा गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतार–चढावलाई समेटिएको छ। यसका निर्माता अमोद राई हुन्। यसमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमिन्त्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ।

निर्देशक सुब्बालाई नेपाली चलचित्रको अन्तराष्ट्रिय बजारको खोजकर्ताको रुपमा लिने गरिन्छ। नबिनले निर्देशन गरेको शेर्पा भाषाको चलचित्र ‘खाङ्ग्री’ निजी तवरबाट विदेशी चलचित्र महोत्सवमा जाने पहिलो नेपालको चलचित्र हो। यो चलचित्रले केही महोत्सवहरूमा सहभागी भई अवार्ड समेत जितेको थियो। त्यस्तै, २०६० सालमा रिलिज भएको सुब्बा निर्देशित ‘नुमाफुङ’ले ठुलो अन्तराष्ट्रिय बजार पाएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu