
काठमाडौँ।
नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ गीत ‘पहिलो नम्बर’ रिलिज भएको छ । यस गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी योगीको संगीत छ ।
सार्वजनिक गीतको भिडियोमा नायक महेश कार्म शाक्य र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रोमान्टिक शैलिमा देखिएका छन् । भदौ २९ गतए यस चलचित्रमा जय श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् ।
कार्म र साम्राज्ञीको साथमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, कमलमणी नेपाल, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सबिन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य लगायतका कलाकारको अभिनय छ ।
गीतः


