काठमाडौँ।
निर्देशक रामबाबु गुरुङले नयाँ चलचित्र ‘डिग्री माइला- एमए थर्ड क्लास’ घोषणा गरेका छन्। सोमवार सामाजिक संजालमार्फत यसको टाइटल पोस्टर शेयर गर्दै नयाँ वर्ष २०८१ मा रिलिज हुने बताएका छन्।
यो चलचित्र कमेडी श्रेणीमा हुने बताइएको छ। बाँसुरी फिल्मस्ले बनाउने यो चलचित्रको स्लोगन ‘किन चाउरियो मरिज, आफ्नै रागले’ राखिएको छ। चलचित्रको अन्य जानकारी प्राप्त छैन।



