
काठमाडौँ।
भाद्र १४ गते रिलिज हुने नेपाली चलचित्र ‘ऐँचो पैँचो’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो । सबै कलाकारलाई समेटिएको ट्रेलरमा राजनीतिक कथालाई बिशेष स्थान दिईएको छ । सँगै, प्रेमाकर्षण पनि देखाईएको छ ।
यस चलचित्रमा देश परिवर्तनको सपना बोकेका युवाको कथामा बनेको यस चलचित्रलाई कृषा चौलागाईँले निर्देशन गरेकी हुन् । स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको यस चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्र्व सङ्गीत, रेनिश फागोको कलर ग्रेडिङ, सत्यम रााणाको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, विनय राज पौडेलको मुख्य सहायक निर्देशन, विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
ट्रेलरः


