
काठमाडौँ।
भदौ ८ गते रिलिज हुने नेपाली चलचित्र ‘जय हो’ प्रचारप्रसारको क्रममा रहेको छ । चलचित्रका अभिनेता सलोन बस्नेत, अभिनेत्री केकी अधिकारी लगायत काठमाडौँका विभिन्न क्याम्पसहरूमा विद्यार्थीमाझ पुगिरहेका छन् ।
सोमवार एक क्याम्पसमा कक्षा ११ मा नयाँ भर्ना भएका १५ सय विद्यार्थीहरुको पहिलो दिनको अवसरमा नयाँ शैक्षिक यात्राको शुभकामना दिँदै भविष्यलाई अझ उज्ज्वल बनाउन कामना गरे । उनीहरुले आफूहरुको फिल्मले दर्शकलाई नयाँ सन्देश दिने भन्दै चलचित्र हेर्न आग्रह गरे ।
यस चलचित्रमा केकी अधिकारी, सलोन बस्नेत र अर्पण थापाको शीर्ष भूमिका छ । साथमा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ र सुशान्त श्रेष्ठले समेत अभिनय गरेका छन् । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स रहेको छ ।
सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायाङ्कन, शम्भुजीत बास्कोटा र सागर आले मगरको सङ्गीत छ । यसका निर्माता राज के. अधिकारी र सुरज सरकार हुन् ।


