काठमाडौँ।
एक दम्पतीलाई भगवान् गणेशको स्वरुप भएको पुत्रलाभ भएपछि आउने उतार-चढाव देखिने नेपाली चलचित्र ‘गणपति’को ट्रेलर रिलिज भएको छ ।
यसमा अभिनेता मुकुन भुषाल गणेश स्वरुपमा जन्मिन्छन् । पछि उनको सुँडजस्तो देखिने भाग काटिन्छ र सामान्य मानिसको स्वरुपमा ल्याईन्छ । यि विविध बीचमा आउने विभिन्न घटनाहरू ट्रेलरमा देखाईएको छ ।
चलचित्रमा सबिन अधिकारीको लेखन तथा निर्देशन रहेको छ । मुकुनको साथमा मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, प्रकाश घिमिरे, सुशील पोखरेल, स्व. जयनन्द लामा, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु राना आदिको पनि अभिनय रहेको छ ।
‘गणपति’का पछिल्ला निर्माता रामप्रसाद रिजाल हुन् । यसअघि लक्ष्मण थापा यसका निर्माता थिए । भदौ १४ गते यो चलचित्र रिलिज हुँदैछ ।
ट्रेलरः


