
काठमाडौँ।
अभिनेता सलोन बस्नेत गायनमा चर्चित नभएतापनि उनले गीत गाउँछन् । यदाकदा उनका गीतहरू आउने क्रममा आफैले अभिनय गरेको चलचित्र ‘जय हो’मा उनले एक गीत गाएका छन् ।
‘सपनाको वेडिङ्ग’ बोलको सो गीतको छोटो भिडियो सार्वजनिक भएको छ । यसमा सलोनले नै शब्द, सङ्गीत एवम् स्वर दिएका छन् । गीतको भिडियोमा सलोन र केकी अधिकारी रहेका छन् । भिडियोमा सलोनले रिसाएकी केकीलाई फकाउँदै गरेको देखिन्छ ।
भाद्र ८ गते रिलि हुने ‘जय हो’का निर्देशक टेक पौरखी राई हुन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको चलचित्रमा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको कुमार थिङ र सुबि मगर अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।
गीतः


