विक्रमको गीत ‘गर्लफ्रेन्ड छोडे मैले’ सार्वजनिक



काठमाडौँ ।
गायक तथा अभिनेताको रुपमा सक्रिय विक्रमजङ्ग शाहले नयाँ गीत ‘गर्लफ्रेन्ड छोडे मैले’ सार्वजनिक गरेका छन् । यज्ञ विकको शब्द र सङ्गीत रहेको गीत गायनमा विक्रमलाई गायिका टिका पुनले साथ दिएकी छिन् ।

प्रेमी र प्रेमिका बीच असमझदारी उत्पन्न भएपछि टुंगिने सम्बन्ध देखाएको गीतको भिडियोमा पल शाह, विजय पुन, बिष्णु पुन, यानी पुन लगायतले अभिनय गरेका छन् । यसमा विक्रम चौहानको निर्देशन रहेको छ । अर्जुन तिवारीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu