
काठमाडौँ।
यो साता दुई नेपाली चलचित्रहरू ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ रिलिज भएका छन् ।
यौन मनोविज्ञानलाई केन्द्रमा राखिएको ‘यो चलचित्रका ‘जुलेबी’का लेखक तथा निर्देशक गणेशदेव पाण्डे हुन् । पाण्डेले आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथामा ‘जुलेबी’ बनाएको बताएका छन् । महिलाले भोग्ने सम्बन्धको कथा नै चलचित्रले बोल्ने निर्माता आभा शर्मा नेपालले बताइन् ।
यस चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ ।
त्यस्तै, ‘हिँड्दा हिँड्दै’ मिलन आले मगरको निर्देशनमा बनेको छ । यसमा काश श्रेष्ठ, सलोन बस्नेत, भोलाराज सापकोटाको साथमा नव–कलाकार रेखा शाहको अभिनय रहेको छ ।
नारायण सुशील पंगेनी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माणमा भएको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण गरेका हुन् ।