हेर्नुहोस् ‘एक भगवत् गीता’का तीन पोस्टर



काठमाडौँ।
अभिनेत्री झरना थापाको चौंथो निर्देशनमा बनेको चलचित्र ‘एक भगवत् गीता’का तीन पोस्टर एकसाथ सार्वजनिक भएका छन् । एक पोस्टरमा चलचित्रका प्रमुख कलाकार विपिन कार्कीलाई कमलामाईको अवतारमा राखिएको छ भने अभिनेत्री सुहाना थापालाई अन्य दुई कलाकारको साथमा छुट्टा छुट्टै पोस्टरमा राखिएको छ ।

एक पोस्टरमा सुहाना र धिरज मगरलाई राखिएको छ भने अर्को पोस्टरमा बाल कलाकारसँग छिन् । यो चलचित्र भदौ २९ गते हलमा रिलिज हुँदैछ ।

यो चलचित्रमा झरना थापाको कथा रहेको छ भने झरना, सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा रहेको छ । परिच्छेद र पुरुषोत्तमले संवाद लेखेका छन् । हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिकको संगीत रहेको छ । डिओपी राजेश श्रेष्ठ, सम्पादक मित्र डि. गुरुङ्, एक्शन हिमाल केसी, कोरियोग्राफी कबिराज गहतराज, साउण्ड उत्तम न्यौपाने, कलर राजेन्द्र मोक्तान, ब्याकग्राउण्ड स्कोर शैलेश श्रेष्ठ, भिएफएक्स अनुपम गौतमको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu