
काठमाडौँ।
नेपाली चलचित्र ‘गणपति’को विदेश रिलिज सेभेन सिजले गर्ने भएको छ । यसै चलचित्रबाट विश्व बजारमा नेपाली चलचित्रको औपचारिक बक्स अफिस सुरु गर्न लागेको सेभेन सिजका प्रमुख बिनोद पौडेलले बताए ।
सो कम्पनीले आफैले नेपाली चलचित्रको लागि बक्स अफिस सिस्टम तयार गरेको हो । सेभेन सिज इन्टरटेन्मेन्ट बिनोद पौडल,प्याट्रिक सुवेदी र रमेश ढकालले संयुक्त रूपमा सञ्चालन गरेका हुन् । पौडल अष्ट्रेलिया, सुवेदी अमेरिका र ढकालले मिडिल इष्टमा सक्रिय छन् ।
सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको चलचित्रमा मुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल,स्व.जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमीरे,पुस्कर गुरुङ,अंशु मानन्धर,कविता न्यौपाने,देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ ।
यो चलचित्र नेपालमा १४ भदौ गते रिलिज हुँदैछ ।


