‘पशुपति प्रसाद २ – भष्मे डन’को फर्स्ट लुक पोस्टर सार्वजनिक



काठमाडौँ।
आगामी दशैँमा रिलिज हुने नेपाली चलचित्र ‘पशुपति प्रसाद २ – भष्मे डन’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। यसका निर्माता खगेन्द्र लामिछानेले शुक्रवार सामाजिक सञ्जालमार्फत पोस्टर रिलिज गरेका हुन्।

पोस्टरमा चलचित्रका प्रमुख पात्र ‘भष्मे डन’ अर्थात् बिपिन कार्कीलाई राखिएको छ। यो चलचित्र सात वर्ष अगाडी रिलिज भएको ‘पशुपति प्रसाद’को सिक्वेल हो।

यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन र खगेन्द्र लामिछानेले निर्माण गरेका हुन् । यसमाा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतको अभिनय रहेको छ ।

शुक्रवार नै अभिनेता कार्कीको अर्को चलचित्र ’एक भगवत गीता’को पोस्टर पनि सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu