खुसी बनिन् पहिलो ‘मेरो डान्स युनिभर्स’, जितिन् एक करोड पुरस्कार



काठमाडौँ।
थाइल्याण्ड निवासी खुसी कार्कीले पहिलो ‘मेरो डान्स युनिभर्स’को उपाधी जितेकी छन् । शनिवार भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट पाँच जनामध्ये विजेता बन्दै उनले रु. एक करोड रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कार प्रदान गरे । खुसीले थाइल्याण्ड र म्यान्मारका नेपालीभाषीको प्रतिनिधित्व गरेकी थिइन् । खुसीको परिवार म्यानमार हुँदै हाल थाइल्याण्डमा रहेको छ । नेपालमा नेपाल बाहिर रहने नेपालीभाषीले पितृभुमि मान्दै सम्मान गर्ने गर्दछन् ।

संसारभर रहेका नेपालीभाषीहरूको सहभागीता हुने गरी इन्ट्रा फाउण्डेशनले यो प्रतियोगितामा नेपालमा आयोजना गरेको थियो । सो प्रतियोगितामा फर्ष्ट रनरअप देवी गर्बुजा मगर, सेकेण्ड रनरअप मिङ्मा डि लेप्चा र थर्ड रनरअप स्वस्तिक अर्याल बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu