काठमाडौँ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा राजनीतिक बिषयलाई प्रमुख स्थान दिईएको छ भने पारिवारिक कथालाई पनि झल्काईएको छ । कुनै हालतमा चुनाव जितेर गाउँको विकास गर्न तयार पुराना र नयाँ उम्मेदवारको दाउपेच ट्रेलरमा छ ।
चलचित्रमा दयाहाङ राई इमान्दार शिक्षकको भूमिकामा छन् भने मिरुना मगर दयाको श्रीमतीको भूमिकामा छन् । शिशिर वाङ्देल गाउँका अध्यक्षको भूमिकामा छन् । साम्राज्ञी राज्यलक्ष्मी शाह नेताको छोरीको भूमिकामा छन् । कार्म शाक्य पनि प्रमुख भूमिकामा छन् । यो चलचित्रमा कमलमणि नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।
यो चलचित्र भदौ २९ गते रिलिज हुँदैछ । यसमा जय श्रेष्ठको निर्माण रहेको छ भने प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरि श्रेष्ठ कार्यकारी निर्माता हुन् ।
ट्रेलरः


