दीपक-दीपाले ‘वडा नम्बर ६’को दोश्रो भाग बनाउने



काठमाडौँ।
२०७२ सालमा रिलिज भएको चर्चित चलचित्र ‘वडा नम्बर ६’को दोश्रो भाग बन्ने भएको छ । यस चलचित्रका निर्माताद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले सिक्वेलको तयारी गरेको खबर बाहिरिएको छ ।

मिडियासँग कुरा गर्दै दीपकले हाल पटकथा लेखनमा रहेको बताएका छन् । उनले हाल तीनवटा चलचित्रको एकसाथ काम भईरहेको र त्यसमा एउटा सिक्वेल रहेको बताएका छन् । यसअघि उनीहरूले ‘वडा नम्बर ६’ जस्तै चलचित्र बनाउने खबर आएको थियो । उक्त खबरको पुष्टी गर्दै गिरीले सोही शैलीमा नै सिक्वेल बनाउने बताएका हुन् ।

‘वड नम्बर६’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका थिए भने सिक्वेललाई दीपाश्रीले निर्देशन गर्ने तयारीमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu