चलचित्र ‘लाइटर’ बन्दै



काठमाडौँ।
नेपाली चलचित्र ‘लाइटर’ बन्ने भएको छ । यसलाई राजु गिरी र सरोज खनालले संयुक्त निर्देशन गर्नेछन् । सोमवार यसको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

यसको यतिबेला प्रि-प्रोडक्सनको काम भैरहेको बताईएको छ । मंसिर महिनाको दोस्रो साताबाट छायाङ्कन सुरु हुने यो चलचित्रको लागि कलाकार छनौटको काम चलिरहेको निर्देशक गिरीले बताए । यसै चलचित्रबाट सरोजले निर्देशनमा डेब्यू गर्दैछन् ।

नाम एउटै भएतापनि अभिनेता सरोज खनाल भने यो चलचित्रको निर्देशक होईनन् । खनाल अष्ट्रेलियामा व्यावसाय सञ्चालन गर्दछन् । उनले एक दशकभन्दा लामो समयदेखि अष्ट्रेलियाको मेलवर्न शहरमा एसके फ्रेसको सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu