
काठमाडौँ।
यसपटकको दशैँमा रिलिज हुने नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक भएको छ । यस चलचित्रका प्रमुख पात्र विपिन कार्कीको जन्मदिनको अवसर पारेर कार्कीको क्यारेक्टरलाई प्रस्तुत गर्दै टिजर रिलिज गरिएको हो । यो चलचित्र आगामी वडा दशैँको फूलपातीको दिन रिलिज हुँदैछ ।
‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा यो चलचित्र निर्माण गरिएको हो । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको यस चलचित्रमा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहालको पनि अभिनय रहेको छ । यसको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भुमिकामा देखिने छन् ।
टुकी आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । निर्माता पनि उनी स्वयम् हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ ।
व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले यो चलचित्र नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताए ।
टिजर: