‘हिम्मतवाली’ रेखाको बोल्ड अवतार !



himmatwali[dropcap]नि[/dropcap]र्देशक श्याम भट्टराईसँगको विवादपछि आँफैले निर्देशन गरेर ‘हिम्मतवाली’ बनाएकी रेखा थापाले चलचित्रको पोस्टर सार्वजनिक गरेकी छिन्।

२०७१ सालको फुलपातीमा चलचित्र रिलिजको मिति राखिएको सो पोस्टरमा रेखा एक्लै देखिएकी छिन् । नयाँ बर्षको अवसर पारेर सार्वजनिक फर्स्ट लुक पोस्टरमा  उनि बोल्ड देखिएकी छिन्।

यो चलचित्रलाई रेखाले आँफैले बनाएकी छिन्। रेखाले २०७० सालको शिवरात्रीको अवसर पारेर पश्चिम नेपालको महेन्द्रनगरस्थित पिप्लाठीमा यो चलचित्रको पहिलो दृश्य कैद गराएकी थिइन्।

यसअघि आफ्नो लगानीमा बनेको चलचित्र ‘काली’को सफलतासँगै रेखाले हिम्मतवाली निर्माणको उद्घोष गर्दै उत्साहित मोडमा ‘हिम्मतवाली’ सुरु गरेकी थिइन्।

यो चलचित्रमा रेखा एक निडर र साहसी नारी पात्रको रुपमा देखिने छिन्।

चलचित्र ‘हिम्मतवाली’लाई रामशरण उप्रेतीले खिचेका छन्। द्वन्द्व चन्द्र पन्त, संगीत बसन्त सापकोटा र टंक बुढाथोकीको रहेको छ ।

फर्स्ट लुक सार्वजनिकसँगै नायिका, निर्मात्री तथा निर्देशक रेखा थापाले नयाँ बर्ष २०७१ सालको शुभकामना व्यक्त गर्दै नेपाली चलचित्रको उत्तरोत्तर प्रगतीको कामना गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu