‘जय हो’ भव्य प्रिमियर, क्लाइमेक्सको प्रशंसा



काठमाडौँ।
शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘जय हो’को भव्य प्रिमियर सम्पन्न भएको छ। बुधबार काठमाडौँमा आयोजित प्रिमियरमा चलचित्र हेर्न चलचित्रकर्मी र सन्चारकर्मीको बाक्लो उपस्थिति रह्यो।

शोमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, बरिष्ठ अभिनेता हरिवंश आचार्य, निर्देशक दीपाश्री निरौला, नरेश पौडेल, घनश्याम लामिछाने, दिवाकर भट्टराई, लेखक प्रदीप भारद्धाज, अभिनेता सलिनमामन बनियाँ, अभिनेत्री गौरी मल्ल, गायिका देविका बन्दना, गायक यम बराल, अभिनेत्री पुजा शर्मा, मोडल सुनिशा बजगाई लगायतको उपस्थिति रहेको थियो। चलचित्र हेरेका अधिकांशले चलचित्रको प्रशंसा गरे। यसको क्लाइमेक्सले भावुक बनाएको प्रतिक्रिया उपस्थित कलाकर्मी र पत्रकारको थियो।

‘जय हो’लाई टेक पौरखी राईले निर्देशन गरेका हुन्। सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको यसमा केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, प्रेम पाण्डे, कुमार थिङ आदिको अभिनय रहेको छ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ। सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu