काठमाडौँ।
भाद्र २९ रिलिज हुने नेपाली चलचित्र ‘एक भगवत् गीता’को गीत सार्वजनिक गरिएको छ। बिहीबार रिलिज गीत ‘मायालाई चिनो’मा मुख्य कलाकारहरू धिरज मगर र सुहाना थापाको प्रेम स्थापित गरिएको छ।
गीतमा दुई फरक समुदायमा हुर्केका पात्रहरूको प्रेम देखिन्छ। यसको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। शंकर अधिकारी घायलको शब्द रचना र बाबुल गिरीको एरेञ्ज, संगीत तथा स्वर रहेको छ।
यस चलचित्रमा धिरज र सुहानाका अलवा विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुर लगायतको अभिनय छ ।
सुनिल कुमार थापाले बनाएको यस चलचित्रको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको परिच्छेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।
सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिेकको संगीत रहेको छ ।
गीत: