
काठमाडौँ।
प्रदिप भट्टराईले निर्देशन गर्ने नेपाली चलचित्र ‘महाजात्रा’ आगामी चैत्र ९ गते रिलिज हुने भएको छ । चर्चित चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखलाको रुपमा आउन लागेको यो चलचित्रको निर्माण कम्पनी षट्कोण आर्ट्सले शनिबार पोस्टर सार्वजनिक गर्दै मिति घोषणा गरेको हो ।
‘महाजात्रा’मा बरिष्ठ अभिनेता हरिवंश आचार्यले पनि अभिनय गर्ने भएका छन् । ट्रकको पछिल्लो भागमा चलचित्र थिम बुझाउने गरी जारी पोस्टरमा बिपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा र वर्षा राउतसँगै आचार्यको नाम पनि समावेश गरिएको छ । यो चलचित्रका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् भने म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल निर्माता हुन् ।
‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ पनि बक्सअफिसमा सुपरहिट बनेको थियो ।


