कलाकार सङ्घको झण्डा ओढाएर दिवङ्गत ताम्राकारलाई श्रद्धाञ्जली



काठमाडौँ।
दिवङ्गत कलाकार सानु ताम्राकारको हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । शनिवार उपचारको क्रममा निधन भएका ताम्राकारको पार्थिव शरीरलाई आइतवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

नेपाल चलचित्र कलाकार सङ्घले संस्थाको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको थियो । ७४ वर्षको उमेरमा निधन भएका ताम्राकार सङ्घका पूर्व कार्यवाहक अध्यक्ष थिए । ताम्राकारलाई श्रद्धाञ्जली दिन नीर शाह, भुवन केसी, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, रमेश बुढाथोकी, कृष्ण मल्ल, मोहन निरौला, धीरेन शाक्य, सविन श्रेष्ठ, सृष्टि श्रेष्ठ, मलिना जोशीलगायतका कलाकर्मीहरू पशुपति आर्यघाट पुगेका थिए ।

छोराको निधनपछि बिक्षिप्त बनेका ताम्राकारको मृगौलामा समस्या देखिएपछि आइसीयूमा उपचार भइरहेको थियो । उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराएँ, भूँइमान्छे, मेरी मामु’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।

ताम्राकारको निधनले नेपाली चलचित्र क्षेत्र स्तब्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu