मंसिर २९ गते ‘दुई कदम’ रिलिज हुने



काठमाडौँ।
नेपाली चलचित्र ‘दुई कदम’को पोस्टर सार्वजनिक गर्दै मंसिर २९ गते रिलिज मिति घोषणा गरिएको छ । उदय सुब्बाले निर्देशन गरेको यो चलचित्रका दुई पोस्टर सार्वजनिक भएका हुन् ।

एक पोस्टरमा डेब्यु अभिनेता इओन लिम्बु र डेब्यु अभिनेत्री सिमोन गिरी रहेका छन् भने दोस्रो पोस्टरमा अभिनेता गौरव पहारी र अभिनेत्री गिरी रहेका छन् । यस चलचित्रमा गौरव, इओन र सिमोनका अलवा सुनिल थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।

फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu