‘मिसेस नेपाल वर्ल्ड’को फिनाले ‘मिसेस वर्ल्ड २०२२’ विजेता सहभागी हुने



काठमाडौँ
‘मिसेस नेपाल वर्ल्ड २०२३’को फिनालेमा ‘मिसेस वर्ल्ड २०२२’ विजेता सरगम कौशल सहभागी हुने भएकी छन् । कौशलले सो ईभेन्टमा सहभागी हुने सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सार्वजनिक गर्दै मिसेस नेपाल वर्ल्ड आयोजक संस्था रिबन इन्टरटेनमेन्टले उनको सहभागिताबारे स्पष्ट पारेको छ ।

कार्तिक पहिलो साता काठमाडौँमा हुने फिनालेमा कौशलका अलवा नेपालका ख्यातिप्राप्त व्यक्तित्वहरूको सहभागीता रहने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए । विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’को विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’मा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् । साथसाथै, सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले जानकारी गराए ।

प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा अडिसन हुने आयोजक संस्थाले जनाएको छ । ‘मिसेस नेपाल वर्ल्ड २०२३’को विजेताले २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने ‘मिसेस वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । त्यसैगरी, मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिता जनाउने पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu