राणाशासनको ‘सेतो बाघ’ ५१ दिनमा सकियो



BS-rana-seto-bagh-1

साहित्यकार डायमण्ड शमसेर राणाको प्रसिद्द उपन्यास ‘सेतो बाघ’मा आधारित चलचित्र ‘सेतो बाघ’को छायांकन सकिएको छ । नीर शाह निर्देशित यो चलचित्रको ५१ औँ दिनमा ईन्डक्ल्याप गरिएको हो । काठमाण्डूको सिनामंगल स्थित एक गार्मेन्टबाट सुरु भएको छायाकंन पाटन दरबार संग्राहालय, केशर महल, चितवनको मेघौली, सिंहदरबार स्थित रक्षा मन्त्रालयको बेलायती बैठक हुँदै भक्तपुर कमल बिनायक पुगी सकिएको हो ।

छिट्टै चलचित्रका प्रचारात्मक सामग्री सार्वजनिक गर्ने गरि काम अघि बढाईएको निर्देशक शाहले बताएका छन् । यो चलचित्रमा अधिकांश नयाँ कलाकार छन् । यद्यपी पुराना र प्रबुद्द कलाकारको मुख्य अभिनय रहेको छ । जंगबहादुरको भूमिकामा बिएस राणा रहेका छन् । राजाराम पौडेल, रवि गिरी तथा पवन मैनाली पनि स्मरणयोग्य भुमिकामा छन् ।

neer-shah

१२ बर्षअघि सवारी दुर्घटनाबाट गम्भिर घाइते भएका पवनले ‘सेतो बाघ’ अभिनय गरी शारिरिक असन्तुलन हुँदा पनि कलाकारिता गुम्दैन भन्ने स्पष्ट पारेका छन् । यो चलचित्रमा सञ्जय लामाको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu