चलचित्र ‘गणपति’को ‘उनभित्र गुण’ शीर्षकको गीत रिलिज



काठमाडौँ।
नेपाली चलचित्र ‘गणपति’को गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’को पुरा गीत रिलिज भएको छ । यसअघि ट्रेलरमा छोटो रुपमा यसलाई समावेश गरिएको थियो ।

ट्रेलरको क्लिपबाट नै यो गीत चर्चित बनेको थियो । यसमा बाबुल गिरीको स्वर र संगीत छ भने शंकर अधिकारी ‘घायल’ को शब्द रहेको छ । भदौ १४ गते यो चलचित्र रिलिज हुँदैछ ।

सबिन अधिकारीले निर्देशन गरेको चलचित्रमा सबिनकै लेखन रहेको छ भने मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु राना लगायतको अभिनय रहेको छ ।

हेहोर्नुस् गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu