‘ऐँचो पैँचो’ बक्सअफिसमा सफल हुनेमा ढुक्क छु: निर्देशक



काठमाडौँ।
यही भाद्र १४ गते रिलिज हुने नेपाली चलचित्र ‘ऐँचो पैँचो’की निर्देशक कृषा चौलागाईंले चलचित्रको व्यापारलाई लिएर ढुक्क छिन् । आफ्नो टीमले दर्शकलाई राम्रो चलचित्र दिन लागेको कारण सफल हुने जिकिर गरिन् ।

नेपालमा मात्र नभई विदेशमा पनि रिलिज हुने यो चलचित्रले नेपालबाटै लगानी सुरक्षित गर्नेमा निर्देशक ढुक्क छन् । गीत, टिजर, ट्रेलरबाट दर्शकले दिएको प्रेमले हलमा पनि सोही प्रकृति दोहोरिने विश्वास कृषाले लिएकी छन् ।

पारिवारिक तथा सामाजिक विषयमा केन्द्रीत यो चलचित्रमा युवामा राजनीतिले पारेको प्रभाव पनि छ । निर्देशक चौलागाईंले चलचित्र राजनीतिमा मात्रै केन्द्रित नभएको बताउने गरेकी छन् । उनले राजनीति यसको एउटा ‘लेयर’ मात्रै भएको स्पष्ट पार्दै समाजबाट राजनीति अलग हुन नसक्ने र चाहेर पनि कोही यसबाट भाग्न नसक्ने बताईन् ।

केही दिन अगाडी भएको पत्रकार सम्मेलनमा राजनीतिज् प्रेम आलेले हेर्नै पर्ने चलचित्र रहेको बताएका थिए । उनले ‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्ने भनाइ रहेको अवस्थामा खराब बाटोमा रहेका राजनीतिकर्मीलाई यो चलचित्रले सच्चिने बाटो देखाउने बताएका थिए ।

यस चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ । यसमा एलेक्स बिक (पारस)को पनि विशेष भूमिका रहेको छ ।

अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपीन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu