‘ऐँचो पैँचो’को प्रिमियर शो सम्पन्न



काठमाडौँ।
रिलिज पूर्वसन्ध्यामा बुधवार साँझ नेपाली चलचित्र ‘ऐँचो पैँचो’को प्रिमियर शो सम्पन्न भएको छ । प्रिमियरपछि अभिेनेत्रीद्वय वर्षा राउत र स्वस्तिमा खड्काको प्रशंसा भएको थियो भने डेब्यू निर्देशक कृषा चौलागाईंको पनि प्रशंसा भएको छ ।

प्रिमियरमा चलचित्रकर्मीहरुका साथै नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेस नेता प्रदीप पौडेल, एमाले नेता महेश बस्नेतलगायतको उपस्थिति थियो । यस चलचित्रले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

अभिनेत्री राउतले गम्भीर भूमिकामा मनछुने अभिनय गरेको भन्दै प्रायःले प्रिमियरमा उपस्थित पाहुना उनको प्रशंसामा शब्द खर्चिए । अभिनेताद्वय सुशील सिटौला र मुकुन भुषालको अभिनयको पनि तारिफ भएको थियो । साथै अभिनेत्री स्वस्तिमा खड्काले सिनेमामा निवार्ह गरेको चुलबुले केटीको भुमिकालाई पनि अधिकांशले रुचाएका छन् ।

यस चलचित्रमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी आदिको अभिनय छ । फिल्ममा अभिमन्यू निरवीको लेखन र पुरुषोतम प्रधानको छायांकन रहेको छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu