
काठमाडौँ।
जनैपूर्णिमाको अवसर पारेर रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्रको घोषणा गरिएको छ । अभिनेता मुकुन भुषाललाई प्रमुख भूमिकामा अनुबन्धित गर्दै चलचित्र घोषणा गरिएको हो ।
साथै, सो चलचित्रमा डेब्यु अभिनेता मिलन मिश्र पनि अनुबन्ध भएका छन् । दुई अभिनेत्रीको खोजी कार्य भईरहेको निर्माण पक्षले जानकारी दिएको छ ।
रघुनाथ सापकोटाको कथा, सुनील निउरेको पटकथा सम्वाद रहने सो चलचित्रको निर्देशन नबिन भट्टले गर्नेछन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गर्ने चलचित्रमा अर्जुन पोखरेलको संगीत रहनेछ । रघुनाथ सापकोटाको प्रस्तुतिमा निर्माण हुने चलचित्र असोज पहिलो साताबाट फ्लोरमा जाने तयारीमा रहेको छ ।


