अल्पसङ्ख्यक लैङ्गिक समुदायको कथासहित ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक



काठमाडौँ।
यही भाद्र २९ गते रिलिज हुने नेपाली चलचित्र ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा पत्रकार भेटघाट गर्दै २ मिनेट ५१ सेकेण्ड लामो ट्रेलर रिलिज गरिएको हो । रिलिज कार्यक्रममा चलचित्रका प्रमुख मध्येका एक अभिनेता धिरज मगर बाहेक अन्य सबै प्रमुख पात्रहरू उपस्थित थिए ।

ट्रेलर मर्मस्पर्शी र सशक्त रहेको प्रतिक्रिया प्राप्त भएको छ । अल्पसङ्ख्यक लैङ्गिक समुदाय र मधेशको कथावस्तुमा निर्माण भएको चलचित्रको ट्रेलरमा विभेद, समानता र न्यायको सन्देश दिने प्रयास देखिन्छ । यसमा अभिनेता विपिन कार्कीले कमलामाई अवतारमार्फत लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गरेका छन् । सशक्त अभिनयका धनि कार्कीले छायाङ्कनको बेला सामान्य लिएको भए पनि ट्रेलर हेर्दा भावुक बनेको बताए । पारालैङ्गिक चरित्रमा देखिएका विपिनले पितृसत्तात्मक सोच पाल्ने पात्रविरुद्ध विद्रोह गरेको ट्रेलरमा देख्न सकिन्छ ।

सुहाना थापा र धीरज मगरको प्रेम सम्बन्ध र रोमान्सलाई समेत ट्रेलरमा चित्रण गरिएको छ । यसमा अनुरागमान सिंह कुँवर, कविर खड्का र सञ्जोग रसाईली खलपात्रको चरित्रमा छन् । यसमा जेविस र जेविन श्रेष्ठ, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय रहेको छ ।

झरना थापा ‘एक भगवत् गीता’की निर्देशक हुन् भने सुनिल कुमार थापा निर्माता हुन् । यो चलचित्रको अवधारणा अभिनेत्री थापाले ल्याएकी हुन् । यसमा झरनासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेल र कृष्णको पटकथा रहेको छ । सम्वाद परिच्छेद र पुरुषोत्तमले लेखेका छन् ।

ट्रेलर हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu