अभिनेत्री निरुता सिंहले गरिन् विवाह



काठमाडौँ।
चर्चित नेपाली अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले भारतको मुम्बई निवासी सञ्जीभ गुलाटीसँग विवाह गरेकी हुन् । बिहिवार विवाहपछिको फोटो सोसल मिडियामा शेयर गर्दै सिंहले छिट्टै नेपाल आउने जनाएकी छन् ।

भारतको सिलिगुडीकी निरुता लामो समयदेखि मुम्बईमा बस्दै आएकी छन् । श्रीमानसँगको फोटो शेयर गर्दै फेसबुकमा लेखेकी छन्, ‘यतिका वर्षदेखि एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न । आज त्यस प्रश्नको जवाफ दिएकी छु ।’

सन् १९९३ मा बनेको नेपाली चलचित् र‘दक्षिणा’बाट निरुताले चलचित्र यात्रा सुरू गरेकी थिईन् । तुलसी घिमिरे निर्देशित सो चलचित्रसँगै उनले नेपाली चलचित्रमा आफ्नो दबदबा राखेकी थिईन् । उनले ‘दर्पण छायाँ’, ‘मन मन्दिर’, बन्दकी’, ‘खानदान’, ‘आफन्त’, ‘आमाको आर्शिवाद’, ‘दुनियाँ’, ‘लहना’, ‘नाता रगतको’, ‘नाईं नभन्नू ल ५’, ‘दाल भात तरकारी’ लगायत डेढ सय बढी नेपाली चलचित्रमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu