चार प्रश्नमा सर्जक कस्तुप पन्तको बिशेषता



काठमाडौँ।
हरेक वर्षको हरितालिका तीज पर्वको वरपर गीतकार, सङ्गीतकार तथा गायक कस्तुप पन्तको नयाँ गीत चर्चि बन्छ । यसपटकको तीजको लागि पनि उनले ‘मन्दिरमा गजुर’ बोलको मौलिक तीज गीत ल्याएको केही समय भईसकेको छ । उक्त गीतले पनि गजबको चर्चा पायो । पन्तले लोक गीत मात्र नभएर कैयन आधुनिक गीतहरुमा शब्द रचना, सङ्गीत र स्वर दिएका छन् । हामीले पन्तलाई चार प्रश्नमा उनको बिशेषता सोध्ने प्रयास गरेका छौँः

  • गीत-सङ्गीतमा तपाईंको बिशेषता के हो ?
    प्रमुखतः मैले गीत र सङ्गीत श्रृजना गर्छु । त्यसको साथमा गायन पनि मेरो बिशेषता हो । आफ्नै शब्द र सङ्गीतमा थुप्रै गीतहरू गाएको छु ।
  • श्रोताले तपाईंका गीत मन पराउनुका कारणहरू के के हुन् ?
    सरल सङ्गीत र बोलिचालिका शब्द चयन मेरो श्रृजनाको प्राथमिकतामा पर्दछन् । म आफैले पनि सरलता मन पराउँछु । सायद, मेरा गीतमा पाईने सरलताको कारण श्रोतालाई मन पर्छ ।
  • यसपालीको तीज गीत पनि चर्चित बनेको छ, के खास छ यसमा ?
    सधैँझै यसपटकको हरितालिका तीजमा पनि ‘मन्दिरमा गजुर’ बोलको मौलिक गीत लिएर आएको छु । यस गीतमा हाम्रो तीज पर्वको वास्तविक महत्त्व झल्किन्छ । हामीले कलम चलाउँदा सधैँ व्यापार मात्र हेर्नु हुँदैन । हाम्रो कला, संस्कृति, परम्परालाई बचाउने गरी पनि श्रृजना गर्नुपर्छ । यस्ता गीत दिर्घायु हुन्छन् । सायद यिनै गुणहरूको कारण गीतले चर्चा पाएको हो ।
  • आधुनिक र लोक गीतमा एकसाथ काम गर्न मुस्किल छ, तपाईंले कसरी सक्नुहुन्छ ?
    यो सत्य हो । दुबै विधामा एकसाथ कलम चलाउन र सङ्गीत भर्ने काम गाह्रो छ । यद्यपि, मैले आधुनिक र लोक गीतमा गर्ने श्रृजनाको शैलीमात्र फरक हो, जुन प्राविधिक कुरा हो । श्रृजना त आखिर श्रृजना नै हो । मैले कैयन लोक गीत र कैयन आधुनिक गीतमा काम गरेको छु । यसको लागि मुड र समय व्यबस्थापन प्रमुख हो ।
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu