दिपिकाले ‘मायावी’मा अभिनय गर्दै, दिवाकरले निर्देशन गर्ने



काठमाडौँ।
केही समयको ग्यापपछि अभिनेत्री दिपिका प्रसाईंले अभिनयमा पुनरागमन गर्न लागेकी छन् । उनले दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’मा प्रमुख भूमिकामा अभिनय गर्ने भएकी हुन् ।

भट्टराई दिपिकाका श्रीमान हुन् । सात वर्षअघि भट्टराईले निर्देशन गरेको चलचित्र ‘ऐश्वर्य’बाट प्रसाईंले अभिनय सुरु गरेकी थिइन् । यो चलचित्र रिलिज पश्चात दिपिका र दिवाकरले विवाह गरेका थिए । दिपिकाको पछिल्लो चलचित्र ‘हेल्लो जिन्दगी’ २०७८ सालमा रिलिज भएको थियो । उनले चर्चित चलचित्र ‘छक्का पञ्जा ३’मा पनि अभिनय गरेकी थिइन् ।

पछिल्लो चलचित्र चार वर्षअघि ‘क्याप्टेन’ निर्देशन गरेका निर्देशक दिवाकर भट्टराईले ‘मायावी’मा तीनजना अभिनेता र दुईजना अभिनेत्री रहने बताएका छन् । अन्य कलाकारको लगभग टुंगो लागिसकेतापनि भट्टराईले सार्वजनिक गरेका छैनन् । यस चलचित्रको लागि भट्टराई आफैले कथा लेखेका छन् । क्रिएटिभ सिने आर्टस्ले निर्माण गर्न लागेको चलचित्रमा एसडी योगीको संगीत, राम थापा अविरलको गीत रहनेछ । छायाङ्कन असोजदेखि प्रारम्भ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu