‘नाङ्गो गाउँ’को गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक



काठमाडौँ।
दिपेन्द्र लामा निर्देशित नेपाली चलचित्र ‘नाङ्गो गाउँ’को गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक भएको छ । यस गीतमा अन्जु पन्त र एसडी योगीको स्वर, सुष्मा सिग्देलको शब्द र सुशान्त गौतमको सङ्गीत रहेको छ ।

यसको भिडियोमा प्रमुख कलाकारद्वय दयाहाङ राई र मिरुना मगरलाई स्थान दिईएको छ । भदौ २९ गते रिलिज हुने यस चलचित्रको टिजर, ट्रेलर र एक गीत पहिले नै सार्वजनिक भईसकेका छन् ।

चलचित्रको लेखन पनि दिपेन्द्र लामाले गरेका हुन् । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu