
काठमाडौँ।
भदौ २९ गते रिलिज हुने नेपाली चलचित्र ‘एक भगवत् गीता’को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको गीत सार्वजनिक भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर मैथली र नेपाली भाषाको समिश्रणमा तयार पारिएको गीत सार्वजनिक गरिएको हो ।
जनकपुरको सेटिङमा खिचिएको सार्वजनिक गीतमा सबिन एकतारेको शब्द रचना तथा हर्कुलस बस्नेतको सङ्गीत रहेको गीतमा सङ्गीतकार बस्नेत, रजज्ञा श्रेष्ठ र सुमन गुरुङको स्वर सुन्न सकिन्छ । मुख्य अभिनेत्री सुहाना थापा र बालकलाकार जेभिस र जेभिन श्रेष्ठलाई फिचर्ड गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । राजेश श्रेष्ठले खिचेको गीतलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।
झरना थापा निर्देशित यस चलचित्रमा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुर लगायतको अभिनय छ । सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको परिच्छेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।
राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।
गीतः


