
काठमाडौँ।
निर्माता रोहित अधिकारीले आफ्नो तेश्रो प्रोजेक्ट ‘फर्कि फर्कि’को औपचारिक घोषणा गरेका छन् । ओएआर डीजिटलसँग मिलेर उनले निर्माण गर्न लागेको यो चलचित्रका प्रमुख अभिनेता अनमोल केसीलाई फिचर गर्दै एक भिडियो सार्वजनिक गरिएको हो ।
सुयोग गुरुङको निर्देशनमा रहने यस चलचित्रमा अनमोलको जोडीको रुपमा नायिका जसिता गुरुङको मुख्य भूमिका रहनेछ । यसको छायाङ्कन लक्ष्मीपूजाबाट सुरु हुने बताईएको छ । यस चलचित्रलाई सन् २०२४ मा रिलिज गर्ने निर्माता अधिकारीले बताएका छन् । यसको छायाङ्कन आलोक शुक्लाले गर्नेछन् ।
अनमोलले सोसल मिडियामा भिडियो शेयर गर्दै रोमान्स, मनोरञ्जन र ड्रामाले भरिएको चलचित्र रहेको बताएका छन् ।