लोकराजको रचनामा अमेरिकी गायिकाको स्वर



काठमाडौँ।
गीतकार लोकराज अधिकारीको गीत रचनामा अमेरिकी गायिका ज्याकलिनले नेपाली गीत रेकर्ड गराएकी छन् । आइतवार रेकर्डिङ भएको गीतमा गोबिन्द मधुर आचार्यको सङ्गीत रहेको छ ।

लघु चलचित्रको निर्माणको क्रममा छोटो बसाईका लागि नेपाल आएकी उनले ‘ए कान्छा एउटा कुरा सुनी देउ’ शीर्षकको गीतमा स्वर दिएकी हुन् । नेपाली भाषामा पोख्त नभएतापनि गीतमा भने समस्या नभएको रेकर्डिस्ट कृष्ण पुनले बताए ।

यस गीतमा पर्यटकलाई नेपाली संस्कृति, नेपाली भुभाग, नेपाली खाना, नेपाली पन र नेपालीहरू मन परेको भाव रहेको गीतकार अधिकारीले बताए । संयुक्त राज्य अमेरिकाको टेक्सास निवासी ज्याक्लिन चलचित्रको सेट डिजाइनर र ब्युटिसियन समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu