
काठमाडौँ।
दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको नेपाली चलचित्र ‘मायावी’मा अभिनेता सुशील सिटौला अनुबन्ध भएका छन् । आइतवार एक जानकारी सार्वजनिक गर्दै यसबारे जानकारी गराईएको हो । सिटौलाले‘गाँजाबाजा’, ‘होस्टेल रिर्टन्स’, ‘रणवीर’, ‘जुलेबी’ लगायतका चलचित्रमा काम गरेका छन् । उनलाई अभिनयमा पोख्त मानिन्छ ।
असोज पहिलो साताबाट पोखरामा छायाङ्कन सुरुयस चलचित्रमा पोखराकै परिवेशमा रहेर फिल्मको कथा बनाईएको बताईएको छ । सुशील अगावै यस चलचित्रमा दिपिका प्रसाईं र पल शाह अनुबन्ध भईसकेका छन् ।