आलोचना भएपछि प्रकाश सपुतले हटाए गीतको विवादित संवाद



काठमाडौँ।
नयाँ गीत ‘जाली रुमाल फाट्यो – कुरा बुझ्नु पर्छ २’को भिडियो विवादित भएपछि गायक प्रकाश सपुतले त्यसमा राखिएको संवाद हटाएका छन् । यो समाचार तयार पार्दासम्म युट्युबमा झन्डै ३० लाख भ्यूज पाएको सो गीतको भिडियोको अन्तिममा राखिएको संवाद हटाईएको हो ।

सपुत र समिक्षा अधिकारीको स्वरमा रहेको यस गीतको भिडियोमा सपुत, आँचल शर्मा र स्वस्तिमा खड्काले अभिनय गरेका छन् । छुवाछुतको विरुद्ध आवाज उठाएको यस गीतमा रहेको एक संवाद भद्‍दा र अपाच्य रहेको भन्दै व्यापक आलोचना भएको थियो । प्रकाशलाई चर्चा र विवादबाट सस्तो लोकप्रियताको जरुरत नभएको तर उनले आफूलाई सस्तो प्रचार गरेको भन्दै खण्डन भएको थियो ।

सपुतले सोमवार साँझ भिडियोबाट संवाद हटाएका छन् । सार्वजनिक रूपमा भने यसबारेमा उनले बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu