अभिनेता कटुवाल बने ‘मायावी’को निर्माता



काठमाडौँ।
चलचित्र विकास बोर्डका पूर्व सदस्य अभिनेता राज कटुवाल निर्माता बनेका छन् । उनले दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्र ‘मायावी’ बनाउन लागेका हुन् । केही दिनदेखि लगातार कालाकारहरूको परिचय गराइएको यस चलचित्रमा निर्माताको रूपमा कटुवाललाई परिचय गराइएको छ ।

चलचित्रको कथाबाट प्रभावित भएको कारण आफूले लगानी गर्न लागेको राजले बताएका छन् । केही म्युजिक भिडियोको अभिनय पश्चात् सन् २०१७ मा चलचित्र ‘लालटिन’बाट चलचित्रको अभिनय प्रवेश गरेका उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘लीला’ हो । त्यसयता उनले केही चर्चित म्युजिक भिडियोमा अभिनय सँगै बोर्डमा सदस्यको रूपमा दुई वर्ष बिताएका थिए ।

असोज पहिलो साता छायाङ्कनमा निस्कने ‘मायावी’मा पल शाह, दीपिका प्रसाईँ, सुशील सिटौला र समिम खान लगायतको अभिनय रहनेछ । कटुवालले भने यो चलचित्रमा अभिनय गर्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu