
काठमाडौँ।
शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘नाङ्गो गाउँ’को बुधवार बेलुकी प्रिमियर गरिएको छ । सञ्चारकर्मीहरू तथा चलचित्रकर्मीहरू माझ चलचित्रको प्रिमियर गरिएको हो ।
प्रिमियरमा निर्देशक नरेश पौडेल, दीपाश्री निरौला, कलाकार जितु नेपाल, नायक कुन्साङ बोमजन लगायत पुगेका थिए । प्रिमियरमा सहभागीले चलचित्रले उठान गरेको विषयवस्तु शक्तिशाली रहेको बताए ।
प्रिमियरमा चलचित्रका मुख्य कलाकारहरू दयाहाङ राई, मिरुना मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित थिए । यो चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका छन् ।