लाक्पा शेर्पामाथि बनेको वृत्तचित्र नेटफ्लिक्समा आउने



काठमाडौँ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही लाक्पा शेर्पामाथि बनेको वृत्तचित्र‘माउन्टेन क्विन : द समिट्स अफ लाक्पा शेर्पा’लाई नेटफ्लिक्सले किनेको छ । अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गर्दै नेटफ्लिक्सले सन् २०२४ मा रिलिज हुने जनाएको छ ।

यो वृत्तचित्र लुसी वाकरले निर्देशक गरेकी हुन् । लाक्पा अहिले अमेरिकाको कनेक्टिकटमा बसोबास गर्छिन् । वृत्तचित्रमा लाक्पाले कसरी जोखिमपूर्ण ढङ्गबाट सर्वोच्च शिखर आरोहण गरिन् र मृत्युलाई पनि जितेको कथा प्रस्तुत गरिएको छ ।

वृत्तचित्र गत शुक्रवार टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो ।

Photo: TIFF

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu