‘नाङ्गो गाउँ’ मेरो इमानदार कोसिस हो: निर्माता कडरिया



काठमाडौँ।
आज रिलिज भएको नेपाली चलचित्र ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले आफूले चलचित्रमा इमानदार कोसिस गरेको बताएका छन् । चलचित्रको ओपनिङ गजबको हुने देखिएको बेला उनले हामीसँगको कुराकानीमा चलचित्रलाई नै आफ्नो जीवनको लक्ष्य र गन्तव्य दुवै बनाएको बताए ।

कडरिया भन्छन्, “यो क्षेत्र मेरो रोजाइको क्षेत्र हो । दर्शकहरूको माया जुन प्रकारको महत्त्व देख्छु म यस कारण यो क्षेत्रको उन्नति र प्रगतिको लागि मैले आफ्नो पक्षबाट इमानदार कोसिस र मेहनत गरेको छु ।” प्रिमियर शोबाट प्रशंसा पाएका उनले आगामी दिनहरूमा अझ राम्रो फिल्म नेपाली दर्शकलाई दिने वचनबद्धता व्यक्त गरे ।

रेकर्ड ब्रेकर चलचित्र ‘कबड्डी ४’को सुपर हिट जोडी दयाहाङ राई र मिरुना मगरलाई कास्ट गर्दै राष्ट्रिय चलचित्रको अवार्ड विजेता चलचित्रका निर्देशक दीपेन्द्र लामाले ‘नाङ्गो गाउँ’ निर्देशन गरेका छन् । यो चलचित्रको विदेश प्रदर्शन अधिकार पनि महँगोमा बिक्री भएको छ । विदेशमा एकसाथ रिलिज हुने निर्माता कडरियाले बताए । यस चलचित्रमा दया र मिरुना बाहेक कार्म, साम्राज्ञी आरएल शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा जस्ता माझिएका कलाकारहरूले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu