बानेश्वरमा सुरु भयो दीपक-दिपाको नयाँ चलचित्र हल ‘आईएनआई सिनेमाज’



काठमाडौँ।
अभिनेता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा लगायतको संयुक्त लगानीमा बनेको मल्टिप्लेक्स चलचित्र हल सञ्चालनमा आएको छ । शुक्रवार काठमाडौँको नयाँ बानेश्वर चोकको बानेश्वर सेन्टर भवनमा रहेको सो हलको शुभारम्भ गरिएको हो । शुभारम्भमा दीपक-दिपाको पछिल्लो चलचित्र ‘छक्कापञ्जा ४’ प्रदर्शन गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अभिनेता हरिवंश आचार्यले रिबन काटेर हलको उद्घाटन गरेका हुन् । दीपकराजको अध्यक्षतामा रहेको कम्पनी स्क्रिनप्ले सिनेमाले बनाएकोयो हल आईएनआई सिनेमाजको तेस्रो फ्रेन्चाइजी हो । दुई वटा थिएटर रहेको यस हलमा कुल ३८७ सिट क्षमता छ ।

कार्यक्रममा महासङ्घका अध्यक्ष ढकालले कलाकारको मेहनतले मालिक बन्न सकिन्छ भन्ने उदाहरण बनेको बताए । उनले हरेक कलाकारका लागि एकदमै ठुलो सन्देश रहेको बताए । अभिनेता आचार्यले कलाकारहरूले हल सञ्चालन गरेकोमा आफूले गर्व महसुस गरेको बताए । उनले सो हलले नेपालभर सेवा दिने गरी विस्तार हुने विश्वास जनाए ।

अभिनेता गिरीले आफूलाई निर्माताको रूपमा पहिले चिनाउने र त्यसपछि मात्र प्रदर्शकको रूपमा रहने बताए । उनले निर्माता र प्रदर्शक नङ-मासुजस्तै रहेको बताउँदै एक अर्कालाई बचाउनुपर्ने जिकिर गरे ।

पहिलो दिन दुई नेपाली र दुई विदेशी चलचित्रहरूको शो टाइम खुलाइएको छ । नेपाली चलचित्रहरू ‘एक भागवत र एक गीता’ र ‘नाङ्गो गाउँ’, हिन्दी चलचित्र ‘जवान’ र हलिउड चलचित्र ‘नन २’ प्रदर्शन हुनेछन् ।

फोटोः सुरेन्द्र थापा

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu