नेपाली फुटबल खेलको विकासको पक्षमा ‘वर्ल्ड कप इन नेपाल’



WCIN‘खेलकुदले राष्ट्रियता मजबुद गराउनसक्छ, त्यसैले त समाजमा आत्मियता बढाउन खेलकुदले महत्वपूर्ण भूमिका खेलिरहेको छ’, बिहिवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने अधिकांश व्यक्तित्वले यस्तै भन्दै थिए । प्रसंग हो, नेपालको विश्वकप फुटबल खेल्ने सपनालाई जोडेर तयार चलचित्र ‘वर्ल्ड कप इन नेपाल’को ।

चलचित्रको युनिटले राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रले नेपाली फुटबल खेलको विकासको पक्षमा आवाज उठाएको भन्दै एकपटक हेर्नै पर्ने प्रस्तुतकर्ता प्रकाश थापाले बताए । कार्यक्रममा चलचित्रकर्मीसँगै नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाका प्रतिनिधिको पनि सहभागिता थियो । कार्यक्रममा चलचित्र एकैपटक धेरै हलमा नआउने तथा देशभरीका १५ /१६ हलमा मात्र प्रदर्शनमा ल्याएर त्यसको ‘वर्ड अफ माउथ’को आधारमा मात्रै हल थप्ने तयारी भएको वितरणको जिम्मा लिएका दर्शन आर्ट्सका ‘सिईवो’ सुरेश दर्पण पोखरेलले जानकारी दिए ।

‘वर्ल्डकप इन नेपाल’मा सोनु केसी, शर्मिला शर्मा, संगम राई, कुलचन्द्र पुरी, गिरी प्रसाद पुन, गोपाल अर्याल, उमेश थापा, सुजन तामाङ् लगाएत एन्फा अण्डर १९ का खेलाडीहरुको अभिनय रहेको छ। भने जुगल डंगोलको संगीत रहेको छ । राम तामाङ् निर्माता रहेको यस चलचित्रका सहनिर्माता बिदुर बिष्ट र सुर्य सिम्खडा हुन् । रामशरण पाठक निर्देशित यो चलचित्रका छायाँकार मनिष पन्थ हुन् ।

बच्चाहरुको देख्ने फुटबल खेलेर देशको नाम उच्च बनाउने सपना र त्यस भित्रका पारिवारिक बाधा अड्चनसँगै छुवाछुतले समाजमा पुर्याएको प्रभावको कुरालाई पनि चलचित्रले जोड्न खोजेको बताईएको छ । चलचित्र यही बैशाख १९ गतेबाट प्रदर्शनमा आउने छ । वर्ल्डकप इन नेपाल’ले यसघी नै चलचित्र विकास बोर्डबाट बिशेष चलचित्रको अवार्ड पाईसकेको छ । त्यसैले पनि यो चलचित्रलाई सम्भावना बोकेको चलचित्रमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu