
काठमाडौँ।
अब अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माले पहिलो पटक एकसाथ काम गर्ने भएका छन् । ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’मा यो जोडीले अभिनय गर्नेछ ।
शनिवार मुहूर्त गरिएको सो चलचित्रले शैक्षिक बेरोजगारीले युवाहरूमा ल्याएको निराशामा आधारित कथा पेस गर्नेछ । यसको पहिलो चरणको छायाङ्कन असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारमा हुने भने दोस्रो चरणको छायाङ्कन आगामी मङ्सिरमा काठमाडौँ र ओखलढुङ्गामा हुने बताइएको छ । यो चलचित्र यसअघि मण्डला थिएटरमा अभिनेता दयाहाङको निर्देशनमा तीन पटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा केन्द्रित रहेर बन्नेछ ।
आगामी नयाँ वर्षमा रिलिज हुने यो चलचित्रमा विजय बराल, माओत्से गुरुङलगायतको पनि अभिनय रहनेछ ।