सौगात-दयाहाङको‘हात्तीछाप’को प्रदर्शन मिति घोषणा, फर्स्ट लुकमा देखिए ‘बोतल राजा’



काठमाडौँ।
सौगात मल्ल तथा दयाहाङ राई स्टारर नेपाली चलचित्र ‘हात्तीछाप’को रिलिज मिति घोषणा गरिएको छ । सौगात मल्ललाई ‘बोतल राजा’को लुक्समा परिचय गराउँदै फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै यो चलचित्र आगामी माघ २६ गते रिलिज गरिने बताइएको छ ।

प्रदीप भारद्वाजको लेखन तथा सिमोस सुनुवारको निर्देशनमा सामाजिक कथालाई कमेडीको शैलीमा बनाइएको यो चलचित्र किरण नेपालीको प्रस्तुतिमा तयार भएको हो । चलचित्रमा अमलादेवी राई र दीपक मनाङेको लगानी छ ।

चलचित्रमा सौगात र दयाहाङको साथमा उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रवीन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बिन भुजेल लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu