
काठमाडौँ।
असोज १९ गते रिलिज हुने नेपाली चलचित्र ‘वानर सेना’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ ।
यसको कथा पौराणिक रहेकाले दसैँको आसपासमा रिलिज गर्न लागेको निर्माण टिमले जनाएको छ । चलचित्रलाई अर्पण गिरीले निर्देशन गरेका छन् । यसमा अर्पण गिरी, आरजु प्रसाईँ, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बाल कलाकार मास्टर अमित पौडेल र विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।
निर्देशक गिरीले नै चलचित्रका गीत रचना र सङ्गीत दिएका छन् । कथा, पटकथा तथा संवाद पनि गिरीको नै रहेको छ ।
ट्रेलर: