
काठमाडौँ।
ऋचा शर्मा र भोलाराज सापकोटा अभिनित नेपाली चलचित्र ‘कौसीद’को ट्रेलर सार्वजनिक गरिएको छ । परिवारको दबाब र ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ सहितको कथा बुझिने गरी ट्रेलर सार्वजनिक गरिएको छ ।
यो चलचित्र असोज २६ गते रिलिज हुने जनाईएको छ । चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन् भने निर्माता केदार भुषाल हुन् । यसमा भोला र ऋचासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई,सन्दीप लोहनी लगायतका कलाकारको अभिनय रहेको छ ।
ट्रेलरः