पोखरामा साकारको सोलो कन्सर्ट



काठमाडौँ।
लिटिल बुद्धका रूपमा परिचित र्‍यापर साकारले हालै पोखरामा सोलो कन्सर्ट गरेका छन् । ‘इभोलुसन टुर–साकार इन पोखरा’ नाम दिइएको कन्सर्टमा साकारले विभिन्न गीत गाएका थिए ।

पोखराको लेकसाइडस्थित क्लब सिक्सटिनमा आयोजित कन्सर्टमा साकारले हाउस फूल दर्शकमाझ आफूलाई प्रस्तुत गरेका हुन् । कन्सर्टको सुरुवात कारे महर्जन र डिजे एल्भिसले ‘किङ अफ नेपहप’ बाट गरेका थिए । यो प्रस्तुतिपछि साकार स्टेजमा उपस्थित हुँदा दर्शकले ‘साकार साकार’ भन्दै स्वागत गरेका थिए । उनको कन्सर्ट हेर्न करिब ७ सय दर्शक उपस्थित थिए ।

पहिलो गीतको प्रस्तुतिपछि साकारले उपस्थित पोखरेली फ्यानप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले ‘गाजा मेन’, ‘कब्जा’, ‘१००’, ‘नेप्लिज स्टाइल’, ‘मेक द्याट मनी’ र उनको पछिल्लो एल्बम ‘इकेस्टेसी इन द प्यालेस’का गीत सुनाएका थिए ।

साकारले कन्सर्टमा दिवङ्गत गुरु यम बुद्धलाई समर्पित गर्दै ‘सपना’ गीत गाएका थिए । यो गीतको ओरिजिनल कम्पोजर यम नै हुन् । यो गीत गाइरहँदा उनले मानसिक अस्वस्थताका बारेमा मन्तव्य दिएका थिए । मानिस मानसिक रूपमा अस्वस्थ रहँदा उसलाई के कस्तो असर पर्छ भन्ने कुरा सुनाएका थिए ।

साकारको साङ्गीतिक टुरको व्यवस्थापन पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले गरेको हो । पोखरा कन्सर्टको संयोजन स्टिभ देवनले गरेका हुन् । स्टिभनका अनुसार पोखरा पछि साकारले पूर्वको इटहरी र बिर्तामोडबाट नेपाल टुर सुरु गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu